ब्रेकिङ स्टोरी

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे भक्तपुरमा मतदान

By खबरहब

November 20, 2022

काठमाडौँ – भक्तपुरमा मतदान सुरु भएको छ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेसँगै मतदान सुरु भएको हो।

पहिले फरक क्षमता भएका व्यक्तिले मत दिएपछि थपलियाले मतदान गरेका हुन्। आइतबार बिहान ७ बजे लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट उनले मतदान गरेका हुन्।

मतदान गरिसकेपछि उनले पहिलोपटक चार मतपत्र र चार मतपेटिककाको व्यवस्थाले एक जनालाई मतदान गर्न २ मिनेट लाग्ने अवस्था देखिएको सुनाए।