मतदान गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल । तस्बिर : रत्न श्रेष्ठ/रासस

राजनीति

ऊर्जामन्त्री भुसालले गरिन् मतदान

By खबरहब

November 20, 2022

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मतदान गरेकी छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भुसालले ललितपुर क्षेत्र नम्बर ३ बाट मतदान गरेकी हुन् ।

उनी ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधसभा सदस्य उम्मेदवार रहेकी छन् ।

आइतबार बिहानै राजतीर्थ मतदान केन्द्रमा पुगेर भुसालले मतदान गरेकी हुन् ।