राजनीति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

By खबरहब

November 20, 2022

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गरेका छन् ।

बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै गठबन्धनले निर्वाचनमा विजय प्राप्त गर्ने दाबी गरे । मतदान गरेलगत्तै उनी गोरखा गएका छन् ।

शान्तिपुर मतदान केन्द्रमा एक हजार सात सय सात मतदाता रहेका छन् ।