राजनीति

एमाले सुदूरपश्चिम इन्चार्ज भट्टले गरे मतदान

By खबरहब

November 20, 2022

धनगढी – कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मतदान गरेका छन् ।

भट्टले कैलालीको गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्र ‘ख’बाट पहिलो मत खसालेका हुन् ।

कैलाली ४ मा एमालेबाट भट्ट र कांग्रेसबाट वीरबहादुर बलायर मुख्य प्रतिस्पर्धी छन् ।