राजनीति

कांग्रेस नेता कोइरालाद्वारा विराटनगरमा मतदान

By खबरहब

November 20, 2022

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङ पुगेर मतदान गरेका छन् । मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कोइरालाले आइतबार बिहानै मतदान गरेका हुन् ।

मतदानका लागि नेता कोइराला आइतबार बिहान ७: ५० बजे बिराटनगर–७ को आदर्श मावि पुगेका हुन् ।