राजनीति

रामजानकी कन्या विद्यालयबाट माधव नेपालले गरे मतदान

By खबरहब

November 20, 2022

रौतहट – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन्।

उनल रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्। यो मतदान केन्द्रबाट नेपालकी पत्नी गायत्री नेपालले पनि मतदान गरेकी छन्।

नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।