राजनीति

गोकुल बाँस्कोटा र शिव हुमागाईँले गरे मतदान 

By खबरहब

November 20, 2022

काभ्रे – प्रतिनिधि सभा सदस्यका लागि काभ्रे १ का उम्मेदवाद्धय गोकुल बाँस्कोटा र शिव हुमागाईँले मतदान गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार बाँस्कोटाले काभ्रेको मण्डनदेउपुर-४ स्थित नयाँ गाउँ मतदान केन्द्र र सत्ता गठबन्धनका साझा उम्मेदवार हुमागाईँले पनौती नगरपालिका-९ स्थित शारदा माध्यमिक विद्यालयबाट मतदान गरेका हुन् ।

बाँस्कोटा र हुमागाईँबिच यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ।