राजनीति

एमाले नेता लालबाबु पण्डितले गरे मतदान

By खबरहब

November 20, 2022

मोरङ – नेकपा एमालेका नेता लालबाबु पण्डितले महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्रमा मतदान गरेका छन्।

मोरङ ६ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका उनले बिहानै मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

उनी यसपटक पनि नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग चुनावी प्रतिस्पर्धामा रहेका छन्। अघिल्लो चुनावमा उनले कोइरालालाई पराजित गरेका थिए।