चितवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदान गरेको केन्द्र ।

ब्रेकिङ स्टोरी

बर्दियाको शम्भुशरण मावि खैरापुरमा विष्फोट, चितवनमा मतपेटिका खोस्ने प्रयास

By खबरहब

November 20, 2022

काठमाडौं– बर्दियाको गुलरिया २ को मतदानस्थलमा शम्भुशरण मावि खैरापुरमा बम विष्फोट भएको छ ।

मतदानको समयमा विष्फोट भएपछि मतदाता र मतदान केन्द्रमा खटिएका कर्मचारीको भागाभाग भएको छ । हाल मतदान स्थगित भएको छ ।

यस्तै, चितवनको राप्ती नगरपालिका–८ मा रहेको आधारभूत विद्यालय ब्रमस्थानी केन्द्रमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरेका छन्।

जिल्ला प्रहरी कार्यलयका अनुसार प्रहरीले गोली चलाएपछि उनीहरु भागेका थिए । अहिले शान्तिपूर्ण तरिकाले मतदान चलिरहेको प्रहरीले जनाएको छ ।