फाइल फोटो

ब्रेकिङ स्टोरी

सांसद भए लगत्तै संसदीय दलको चुनावमा लाग्ने गगन थापाको घोषणा

By खबरहब

November 20, 2022

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीको संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ को मैतीदेवी केन्द्रमा मतदान गरिसकेपछि थापाले चुनाव लगत्तै पार्टीको संसदीय दलको नेताका लागि तयारी थाल्ने बताएका हुन् ।

‘सांसद भएको भोलिपल्टदेखि संसदीय दलको तयारीमा लाग्ने छु,’ थापाले भने । प्रधानमन्त्रीका लागि संसदीय दलको नेता हुनुपर्ने व्यवस्था भएकाले थापाले सोको तयारीमा लाग्ने बताएका हुन् । थापा प्रधानमन्त्रीका आकांक्षी हुन् ।