खेलकुद

आजदेखि फिफा विश्वकप सुरु : यस्तो छ खेल तालिका

By योगेन्द्र योगी

November 20, 2022

दोहा – कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आइतबार साँझ फिफा विश्वकप २०२२ को उद्घाटन गर्दैछन्।

अमिर अल थानीले आइतबार साँझ ५:३० बजे अल बायत स्टेडियममा फिफा विश्वकप कतार २०२२ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

समारोहमा राष्ट्र प्रमुख र प्रतिनिधिमण्डलका प्रमुखहरूको पनि उपस्थिति रहने छ। सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) मा मार्केटिङ, कम्युनिकेशन्सका उपमहानिर्देशक खालिद अल मालावीले उद्घाटनका लागि दिउँसो ३ बजे स्टेडियमको ढोका खुल्ने जानकारी दिए।

प्रतियोगिताको उदघाटन खेलमा आयोजक कतारले इक्वेडरसँग कतारको समयअनुसार साँझ ७ बजे प्रतिस्पर्धा गर्नेछ। समूह ए मा रहेका कतार र इक्वेडर बीचको खेल आज राती नेपाली समय अनुसार राति पौने १० बजे अल बायत स्टेडियममा हुनेछ।

पहिलो दिन एउटा मात्र खेल हुने विश्वकप २०२२ को फाइनल खेल पुस ३ गते आइतबार नेपाली समय अनुसार राति पौने ९ बजे सुरू हुनेछ। कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहनेछ। समूह चरणमा एक दिनमा चार खेल हुनेछन्। समूह चरणको खेल १२ दिनसम्म मंसिर ४ देखि १६ सम्म हुनेछ। समूह चरणका खेल चार फरक समयमा सुरु हुनेछन्।

समूह ‘ए’ मा कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर समूह ‘बी’ मा इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स यसैगरी समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया समूह ‘डी’ मा फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया, समूह ‘ई’ मा स्पेन, जर्मनी, जापान, कोष्टारिका रहेका छन्।

यस्तै समूह ‘एफ’ मा बेल्जियम, क्यानडा, क्रोएसिया र मोरक्को रहेका छन् भने समूह ‘जी’ मा ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून समूह ‘एच’ मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना रहेका छन्।

नेपाली समयअनुसार विश्वकप खेल तालिका : समूह चरण मंसिर ४ १. समूह ‘ए’-कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे) मंसिर ५ २. समूह ‘ए’-सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे) ३. समूह ‘बी’-इंग्ल्यान्डविरुद्ध इरान (राति ६:४५ बजे) ४. समूह ‘बी’-अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे) मंसिर ६ ५. समूह ‘डी’-फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे) ६. समूह ‘डी’-डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे) ७. समूह ‘सी’-मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे) ८. समूह ‘सी’ अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे) मंसिर ७ ९. समूह ‘एफ’-बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे) १०. समूह ‘ई’-स्पेनविरुद्ध कोस्टा रिका (राति ९:४५ बजे) ११. समूह ‘ई’-जर्मनीविरुद्ध जापान (राति ६:४५ बजे) १२. समूह ‘एफ’-मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे) मंसिर ८ १३. समूह ‘जी’-स्वीट्जरल्यान्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे) १४. समूह ‘एच’-उरुग्वेविरुद्ध दक्षिण कोरिया (राति ६:४५ बजे) १५. समूह ‘एच’-पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे) १६.समूह ‘जी’-ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे) मंसिर ९ १७. समूह ‘बी’-वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे) १८. समूह ‘ए’-कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे) १९. समूह ‘ए’-नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे) २०. समूह ‘बी’-इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे) मंसिर १० २१. समूह ‘डी’-ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे) २२. समूह ‘सी’-पोल्यान्डविरुद्ध साउदी अरेविया (राति ६:४५ बजे) २३. समूह ‘डी’-फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे) २४. समूह ‘सी’-अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे) मंसिर ११ २५. समूह ‘ई’-जापानविरुद्ध कोस्टा रिका (दिउसो ३:४५ बजे) २६. समूह ‘एफ’-बेल्जियमविरुद्ध मोरोक्को (राति ६:४५ बजे) २७. समूह ‘एफ’-क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे) २८. समूह ‘ईं’-स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे) मंसिर १२ २९. समूह ‘जी-क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे) ३०. समूह ‘एच’-दक्षिण कोरियाविरुद्ध घाना (राति ६:४५ बजे) ३१. समूह ‘जी’-ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड (राति ९:४५ बजे) ३२. समूह ‘एच’-पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे) मंसिर १३ ३३. समूह ‘बी’-वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे) ३४. समूह ‘बी’-इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे) ३५. समूह ‘ए’-इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे) ३६. समूह ‘ए’-नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे) मंसिर १४ ३७. समूह ‘डी’-अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे) ३८.समूह ‘डी’-ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे) ३९. समूह ‘सी’-पोल्यान्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे) ४०. समूह ‘सी’-साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे) मंसिर १५ ४१. समूह ‘एफ’-क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे) ४२. समूह ‘एफ’-क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे) ४३. समूह ‘ईं’-जापानविरुद्ध स्पेन (राति १२:४५ बजे) ४४. समूह ‘ईं’-कोस्टा रिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे) मंसिर १६ ४५. समूह ‘एच’-घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे) ४६. समूह ‘एच’-दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे ४७. समूह ‘जी’-सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे) ४८. समूह ‘जी’-क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे) प्रि–क्वाटरफाइनल मंसिर १७ शनिबार ४९. समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे) ५०. समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे) मंसिर १८ गते आइतबार ५१. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता (राति १२:४५ बजे) ५२. समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे) मंसिर १९ गते सोमबार ५३. समूह ‘ईं’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे) ५४. समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे) मंसिर २० गते मंगलबार ५५. समूह ‘एफ’ को विजेता र समूह ‘ई’ को उपविजेता