ब्रेकिङ स्टोरी

प्रधानमन्त्री देउवाद्वारा मतदान

By खबरहब

November 20, 2022

डडेल्धुरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नै गृह जिल्लामा रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्। उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।

आफूले मतदान गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’ भनेका छन्।