राजनीति

मतदानपछि शंकर पोखरेलले भने- ‘राजनीतिक स्थायित्व आवश्यक छ’

By खबरहब

November 20, 2022

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले आइतबार बिहान मतदान गरेपछि चुनावपछि एमाले बलियो राष्ट्रिय शक्ति हुने बताएका छन् । ‘हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ । नेपालको राजनीतिक दलहरुमा नेकपा एमाले त्यो सामथ्र्य राख्छ । जसले बलियो राष्ट्रिय शक्तिका रुपमा आफूलाई स्थापित गर्न चाहन्छ ।’ उनले भने ।

मुलुकमा बहुमतसहितको राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै उनले यो चुनावले त्यो दिशातर्फ मुलुकलाई डोर्‍याउने विश्वास लिएका छन् । मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यकता पर्ने पोखरेलले बताए ।