राजनीति

चुनावी परिणाम एमालेको पक्षमा आउँछ : ईश्वर पोखरेल 

By खबरहब

November 20, 2022

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

बिहान ८ : ३० बजे मतदान गरेका पोखरेलले चुनावी अभियानका क्रममा मतदाताहरुले प्रकट गरेको उत्साह मतदानबाट प्रकट हुने बताए।

उनले मतपरिणाम नेकपा (एमाले)को पक्षमा आउने विश्वास व्यक्त गरे ।