राजनीति

एमाले उपाध्यक्ष विष्णु पौडेलद्वारा मतदान

By खबरहब

November 20, 2022

बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् ।

बुटवल–८ मा रहेको डिभिजन सडक कार्यालय परिसरस्थित हेभी इक्वीपमेन्टमा रहेको मतदान केन्द्रमा पौडेलले बिहान साढे १० बजे मतदान गरेका हुन् ।

मतदानपछि पौडेलले निर्वाचन लोकतन्त्रको उत्तम अभ्यास रहेको बताए । उनले यो निर्वाचनबाट एमालेले राम्रो नतिजा ल्याउने बताए । पौडेलले एमालेले हारे देशले हार्ने पनि बताए ।