फाइल फोटो

राजनीति

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो- डा कोइराला

By खबरहब

November 20, 2022

मोरङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं  मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताएका छन्।

डा कोइरालाले आज बिहान आदर्श माध्यमिक विद्यालयमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माध्यमबाट संविधानको रक्षा, राजनीतिक स्थिरता, भ्रष्टाचार न्यूनीकरण र शासन कायम हुने धारणा राखे ।

उनले कांग्रेसको नेतृत्वमा आगामी दिनमा गठबन्धनको सरकार निर्माण हुने र कांग्रेस नेतृत्वको दाबेदारी रहने बताए । उनले निर्वाचनको परिणामपछि कांग्रेस कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा निर्णय हुने बताए।