प्रतिकात्मक तस्वीर

राजनीति

नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए

By खबरहब

November 20, 2022

कास्की– नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विभाजित भएका नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतदान भइरहेको बेला नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् ।

माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आफूले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । 

परियारले मतपेटिका फुटाएपछि स्थगित भएको मतदान पुनः सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ  ।

 परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।