राजनीति

रुपन्देहीमा १२ बजेसम्म ३० प्रतिशत मत खस्यो

By खबरहब

November 20, 2022

बुटवल– रूपन्देहीमा अहिलेसम्म करिव ३० प्रतिशत मत खसेको छ । 

जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा गरेर दिउँसो १२ बजेसम्म ३० प्रतिशत मत खसेको हो । सबै केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भैरहेको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।