फाइल फोटो

ब्रेकिङ स्टोरी

दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मतदान

By खबरहब

November 20, 2022

काठमाडौँ- आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा  देशभर १२ बजेर ४५ मिनेटसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन् ।

यो पटकको निर्वाचनमा बिहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए ।