फाइल फोटो

राजनीति

‘यो निर्वाचन मतदाता र देशको भविष्यसँग जोडिएको छ’

By खबरहब

November 20, 2022

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी निर्वाचन मतदाता र देशको भविष्यसँग जोडिएको  बताएका छन् ।  आइतबार गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका-१ स्थित गोलधाप मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लिङ्देनले जारी निर्वाचन जनता र देशको भविष्यसँग जोडिएको बताएका हुन् । 

अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।  उनलाई नेकपा एमालेले चुनावमा सघाएको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कृष्णप्रसाद सिटौला र अध्यक्ष लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।