फाइल तस्वीर

ब्रेकिङ स्टोरी

छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण

By खबरहब

November 20, 2022

काठमाडौं– निर्वाचन आयोगले मतदानका क्रममा छिटफुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रहेको जनाएको छ । आइतबार जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा  अपरान्ह १२ः४५ बजेसम्म झण्डै ३२ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ । 

सामान्य विवादका कारण रोकिएका मतदान केन्द्रमा पुनः सुचारु भइसकेको केहीमा मतदान कार्य सुचारु गर्न राजनीतिक दल एवं उम्मेदवाहरूबीच छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय रोकिएको मतदान कार्य सुचारु गर्न र साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको प्रवक्ता शर्मा पौडेलले बताए ।