राजनीति

भष्मासुर प्रवृत्तिको अन्त्य होस् : बाबुराम भट्टराई

By खबरहब

November 20, 2022

गोरखा– पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भएका छन् । उनले गोरखा पालुङटार नगरपालिका-१ अन्नपूर्ण मावि केन्द्रबाट मतदान गरेका हुन् । उनले यस मतदानबाट भष्मासुर प्रवृत्तिको अन्त्य होस् भनेर कामना गरेका छन् । 

‘राम्रा उम्मेदवारहरूले जितून्, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस्, भष्मासुर प्रवृत्तिको उदय नहोस्, सुशासन र समतामूलक समृद्धिको नयॉ युग सुरु होस्,’ मतदानपछि उनले भनेका छन् ।