ब्रेकिङ स्टोरी

दार्चुलाको एक मतदान केन्द्रमा झडप, मतदान स्थगित

By खबरहब

November 20, 2022

दार्चुला – दार्चुलाको एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । जिल्लाको शैलशिखर नगरपालिका ५ मालिकार्जुन मावि आगर मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

मतदान गर्ने विषयमा दुई पक्षबीच भएको विवाद झडपमा परिणत हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरेको हो । अहिले स्थिति समान्य भएको छ भने तत्कालका लागि मतदान स्थगित गरिएको छ । 

सो मतदान केन्द्रमा पुनः मतदान शुरु गराउनका लागि अहिले सर्वपक्षीय बैठक बनीरहेको प्रहरी निरीक्षक शाहीले बताए ।