राजनीति

मतदानस्थल अगाडि विवाद हुँदा एक जना घाइते

By खबरहब

November 20, 2022

भैरहवा– रूपन्देहीको सिद्धार्थनगर-११ मा रहेको मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका -११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा  स्थानीयबीच  विवाद सृजना भएको थियो । 

सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेको हो।

कुटपिटबाट टाउकोमा चोट लागेपछि तबरेजको भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेको छ। विवादको कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेको थिए । उनलाई नै हटाइएपछि अवस्था समान्य भएको थियो ।