फाइल फोटो

राजनीति

देशभर ४६ प्रतिशत मतदान सम्पन्न 

By खबरहब

November 20, 2022

काठमाडौं– गृह सचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको दाबी गरेका छन् । आइतबार दिउँसो काठमाडौं उपत्यकाकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको दाबी गरेका हुन्। उनले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको बताए। 

गृह सचिव सिंहले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसकेको जानकारी दिए । उनले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाता र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको दाबी गरे। उनले मतपेटीका ढुवानीका लागि आवश्यकता अनुसारका सवारी साधन तैनाथ राखिएको पनि बताए।

४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ। मतपेटीका ढुवानीका लागि आवश्यकता अनुसारका सवारी साधन तैनाथ राखिएको छ।’

सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरूको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गरेको थियो। निरीक्षणका क्रममा मतदानस्थलमा मतदाताले उत्साहित तवरबाट मतदान गरिरहेको पाएको उनले बताए।