ब्रेकिङ स्टोरी

मतदान सम्पन्न, मतदाताको उपस्थिती भने अपेक्षाभन्दा न्यून

By खबरहब

November 20, 2022

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो ।

विभिन्न स्थानमा झडप एवम् आगजनी भएपनि समग्रमा शान्तिपूर्ण रुपमा नै मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले देशका विभिन्न १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ । राजनीतिक दलका कार्यकर्ताबीच विवाद, मतपत्र प्रयोगबारे विवाद लगायतका कारण मतदान स्थगित भएको बताइएको छ ।

यस निर्वाचनमा अपेक्षाभन्दा कममात्रै मत खसेको अनुमान गरिएको छ । मतदानका लागि उल्लेखनीय रुपमा मतदाताको उपस्थिती नदेखिएको बताइएको छ ।

निर्वाचनबारे जानकारी दिन आयोगले बेलुकी ८ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।