सांकेतिक तस्बिर

अन्य

मतपेटिकामा एसिड प्रहार गर्ने एक जना पक्राउ

By खबरहब

November 20, 2022

बुटवल– नवलपुरको देवचुली नगरपालिका ४ मा मतपेटिकामा एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ती सृजना आधारभूत विद्यालय बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड हालेर आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय नारायण भण्डारी रहेका छन् । उनले आज दिउँसो  ४:१२ बजे मतपेटिकामा एसिड प्रहार गरेका थिए ।