ब्रेकिङ स्टोरी

मतदानस्थलमा रहेका मतदाताले ५ बजेपछि पनि मतदान गर्न पाउने

By खबरहब

November 20, 2022

काठमाडौँ- प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधि सकिएको छ । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । यद्यपि मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले भने अबेरसम्म मतदान गर्न पाउनेछन् ।

यस्तै केही विवाद भएर स्थगित भए पनि पुनः मतदान सुचारु भएका स्थानमा समेत साँझ ७ बजेसम्म मतदान गर्न पाउनेछन् । रोकिएका कतिपय स्थानमा समेत पुनः मतदान गराउने प्रयास भइरहेकाले मतदान समय लम्बिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आमनिर्वाचन २०७९ समग्रमा शान्तिपूर्ण भएको जनाएको छ । छुटफुट स्थानमा सामान्य विवाद भएपनि यसले समग्र निर्वाचनलाई खासै असर नपर्नेसमेत आयोगले जनाएको छ ।