सांकेतिक तस्बिर

अपराध

चार जना फर्जी मतदाता पक्राउ

By खबरहब

November 20, 2022

महोत्तरी– महोत्तरीको गौशालास्थित एक मतदान केन्द्रबाट चार जना फर्जी मतदाता पक्राउ परेका छन् । निगौल मतदान केन्द्रमा अन्य मतदाताको नाममा मतदान गर्न आएका सात जनालाई केहीबेर अगाडि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

परिचयपत्र विना आएका ती ब्यक्तिलाई सोधखोज गर्दा अन्य व्यक्तिको नाममा मतदान गर्न आएको भनेपछि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए ।

उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय गौशालामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्तीको नाम भने प्रहरीले खुलाएको  छैन । पक्राउ पर्नेहरू सबै गौशालाका स्थानीय युवा हुन् ।