राजनीति

लमजुङमा ५६ प्रतिशत मत खस्यो

By खबरहब

November 20, 2022

लमजुङ– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आइतबार सम्पन्न भएको मतदानमा लमजुङमा ५६ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय लमजुङका प्रमुख  नारायण सापकोटाका अनुसार  लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकोमा ७४  हजार  ६ सय ५२ मत खसेको छ । जिल्लामा  ३९ हजार ९ सय २० महिला  र  ३४ हजार ७ सय ३२ जना पुरुषले मतदान गरेका छन् । 

लमजुङका १ सय ३० वटा मतदानस्थलको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।   लमजुङमा प्रतिनिधि सभा तर्फ एउटा र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् ।  प्रतिनिधिसभातर्फ ११ जना र प्रदेश क मा ५ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा  छन् ।

जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील  बैद्यले बताए ।