फोटो फिचर

काठमाडौंमा मतपेटिका संकलन सुरु (फोटोफिचर)

By खबरहब

November 20, 2022

काठमाडौं– आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको हो ।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य सुरु भएको छ । काठमाडौंका १० स्थानमा मतगणना हुने भएको छ । १० वटै क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।