राजनीति

ललितपुर र भक्तपुरमा कहाँ कहाँ मतगणना हुँदैछन् ?

By खबरहब

November 20, 2022

काठमाडौँ- देशभर आइतबार सम्पन्न निर्वाचनको मतगणना गर्ने तयारी भइरहेको छ । काठमाडौँ उपत्यकाका ललितपुर र भक्तपुर जिल्लामा पनि आइतबार सम्पन्न निर्वाचनको मतगणना गर्ने तयारी भइरहेको छ । ललितपुरमा ३ र भक्तपुरमा २ निर्वाचन क्षेत्र छन् ।

ललितपुर १ को मतगणना गोदावरी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को नेपाल तेक्वान्दो संघको कार्यालय सातदोबाटो र ३ को स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा गर्ने तयारी भइरहेको छ ।

यसैगरी भक्तपुर १ को मतगणना विद्युत तालिम केन्द्र खरिपाटी र क्षेत्र नम्बर २ को बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा गर्ने तयारी छ ।