ब्रेकिङ स्टोरी

रद्द भएको स्थानमा दुई दिनभित्र मतदान गर्न आयोगको निर्देशन

By खबरहब

November 20, 2022

काठमाडौँ – निर्वाचन आयोगले आज मतदान रद्ध भएका केन्द्रमा दुई दिनभित्र मतदान गर्न निर्देशन दिएको छ । आइतबार निर्वाचन सम्पन्न भएका पछि आयोजना गरेको पत्रकार सम्मेलन मार्फत आयोगले यस्तो निर्देशन दिएको हो ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई आवश्यक तयारी गरेर २ दिनभित्र मतदान गराउन निर्देशन दिएको छ ।