राजनीति

मोरङमा भोलि बिहानदेखि नै मतगणना हुने

By खबरहब

November 20, 2022

मोरङ – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मोरङमा करिब ६४ प्रतिशत मत खसेको छ । जिल्लामा कुल सात लाख ३५ हजार ५२५ मतदाता रहेका छन् । त्यसको करिब ६४ प्रतिशत मत खसेको प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख अधिकृत लेवनकश्यप अधिकारीले बताएका छन् ।

जिल्लामा अहिले मतदानस्थलबाट मतपेटिका संकलन जारी छ । मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि सोमबार बिहानबाट मात्रै मतगणना गर्ने तयारी छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सोमबार बिहानबाट मतगणना सुरु गर्ने तयारी रहेको बताए । मतगणनाका लागि सबै तयारी पूरा भएको दाहालले बताए ।

मोरङमा चार स्थानमा मतगणना गरिंदैछ । निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा हुनेछ ।