राजनीति

काठमाडौं क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिदेखि हुने

By खबरहब

November 20, 2022

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिदेखि हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले यी दुई क्षेत्रमा मतगणनाको तयारी गरिएको हो ।

काठमाडौं – १ को मतगणना संघीय संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ भने काठमाडौं–४ को गणना बुढानीलकण्ठस्थित जेष्ठ नागरिक आश्रम परिसरमा हुनेछ । अरु निर्वाचन क्षेत्रबाट समेत मतपेटिका ल्याउने काम भइरहेको भन्दै उनले सर्वदलीय सहमति भए अरु ठाँउमा समेत आजैदेखि गणना सुरू हुने बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दुई निर्वाचन क्षेत्रमा तत्काल मतगणना सुरु हुने बताए । उनका अनुसार आइतबार रातिसम्ममा गणना सुरू भइसक्नेछ ।