फाइल तस्वीर

राजनीति

महोत्तरीमा सान्तिपूर्णरुपमा मतदान समपन्न, ६५ प्रतिशत मत खस्यो

By खबरहब

November 20, 2022

महोत्तरी – महोत्तरीमा कुल मतको ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको छन् ।

मतदानस्थलमा स्थानिय निर्वाचनको जस्तो खासै उत्साह नदेखिएतापनी ६५ प्रतिशत मत भने खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुबोध कुमार महतोले जानकारी दिए ।

जिल्लाका केही ठाउँहरुमा विवाद र फर्जी मतदाता पक्राउ परेपनि चार वटै क्षेत्रमा निर्वाचन सान्तिपूर्ण ढंगले सम्पन्न भएको छ ।

क्षेत्र नम्बर १ स्थित गौशाला नगरपालिकाको निगौल भन्ने मतदानस्थलवाट ४ जनालाइ प्रहरीले नियन्त्रण लियो भने जिल्लाभरीवाट १८० भन्दा बढी सवारीसाधनलाइ प्रहरीले कारबाही गरेको छ ।

जिल्लामा मतदान भएका मतपेटिकालाई मतगणनास्थलमा ल्याइएको छ । मतगणनास्थलमा ल्याइएका मतपेटिका दलहरूको सहमति जुटे आज रातीवाट नै गणना गरिने निर्वाचन अधिकृतहरुले बताएका छन् ।

– विशाल बस्नेत/न्युज कारखाना