राजनीति

प्यूठानमा भोलि बिहानदेखि मतगणना हुने

By खबरहब

November 20, 2022

प्यूठान – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्यूठानमा ५५ प्रतिशत मतदान भएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा ५५.११ प्रतिशत मत खसेको प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।

यहाँ कुल १ लाख ५९ हजार ७६० मतदाता छन् । जस मध्ये ३७ हजार ९ सय ६१ पुरुष र ५० हजार ८६ महिला गरि जम्मा ८८ हजार ४७ जनाले आज मतदान गरे । जिल्लाका २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो ।

अहिले मतदान केन्द्रहरूबाट मत पेटिका संकलन गरेर मतगणनास्थल जिल्ला समनव्य समितीको कार्यालय खलंगामा ल्याउने क्रम सुरु भएको छ । रातीसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइपुग्ने रभोलि सोमबार बिहानबाट मतगणना सुरु गर्ने तयारी गरिएको प्रजिअ नेपालले बताइन् ।