खेलकुद

कतार विश्वकपमा पहिलो गोल गर्ने खेलाडी बने भ्यालेन्सिया

By खबरहब

November 20, 2022

काठमाडौं – विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा अहिले आयोजक राष्ट्र कतार र इक्वेडरबीच प्रतिस्पर्धा भईरहेको छ । कतारको अल बायत स्टेडियममा जारी खेलको पहिलो हाफ चलिरहँदा इक्वेडरले कतारविरुद्ध २–० को अग्रता बनाएको छ ।

इक्वेडरका लागि दुवै गोल इनर भ्यालेन्सियाले गोल गरेको हुन् । योसँगै उनी कतार विश्वकप २०२२ मा पहिलो गोलकर्ता बनेका छन् ।

इक्वेडरका कप्तान समेत रहेका भ्यालेन्सियाले १६ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् । यस अघि उनले तेस्रो मिनेटमा गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड दिएको थियो ।