खेलकुद

विश्वकप फुटबल : कतारविरुद्ध इक्वेडरलाई पहिलो हाफमा २–० को अग्रता

By खबरहब

November 20, 2022

काठमाडौं । फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा कतारविरुद्ध इक्वेडरले अग्रता बनाएको छ । अल बायत स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा कतारविरुद्ध इक्वेडरले २–० को अग्रता बनाएको हो ।

इक्वेडरका लागि दुबै गोल कप्तान इनर भ्यालेन्सियाले गरे । खेलको १६ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अग्रता दिलाएका भ्यालेन्सियालेले खेलको ३२ औं मिनेटमा हेडरमार्फत दोस्रो गोल पनि गरेका थिए ।