राजनीति

काठमाडौं- १ को मतगणना सोमबार बिहानदेखि सुरु हुने

By खबरहब

November 20, 2022

काठमाडौं । काठमाडौं क्षेत्र नं १ को मतगणना सोमबार बिहानबाट सुरु हुने भएको छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

सो क्षेत्रका सबै मटपेटिका संघीय संसद भवन नयाँ बानेश्वर ल्याइएको गणनाका लागि ल्याइएको छ । प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार उक्त क्षेत्रमाा ५५ प्रतिशत मत खसेको थियो ।

काठमाडौं–१ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, नेकपा एमालेबाट किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायत प्रतिस्पर्धामा छन् ।