राजनीति

लोकतन्त्र आएपछि भाग खोज्न राजनीतिमा आएको होइन एमाले : ओली

By खबरहब

December 20, 2022

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र जनतालाई सर्वोपरि भागमा राखेर सडकदेखि सदनसम्म भूमिका निभाउने बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनतालाई सर्वोपरि ठानेर अघि बढेको एमाले अब पनि सडक, सदन र सरकारमा जहाँ रहे पनि सोहीअनुसार अघि बढ्ने बताए । 

सामाजिक न्याय र लोकतन्त्रका लागि लडेको एमाले सधैँ देश र जनताको पक्षमा रहने बताउँदै उनले एमाले लोकतन्त्र आएपछि भाग खोज्नलाई राजनीतिमा नआएको भन्दै नयाँ उदाएका पार्टीप्रति व्यंग्य गरे । 

राजनीतिक क्षेत्रमा अस्थिरता र अराजकता मौलाएको भन्दै ओलीले भने, ‘अहिले राजनीतिमा इतिहास चाहिँदैन, अनुभव चाहिँदैन, अनुशासन, निष्ठा र बलिदान पनि चाहिँदैन भनिँदै छ । एमाले यसमा चिन्तित छ ।’