फाइल फोटो

राजनीति

नेता पुनको स्वास्थ्यमा सुधार आएपछि स्वदेश फिर्ता

By खबरहब

December 20, 2022

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किएका हुन् । चीनको चाइना साउदर्न एयरलाइन्सको नियमित उडानमार्फत उनी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पूर्वमन्त्रीसमेत रहेका नेता पुनको स्वागत गरेका थिए ।

वंशाणुगत जण्डिसबाट पीडित भएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिर १६ गते उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका थिए । स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाहबमोजिम आफूहरू स्वदेश फर्किएको पूर्वसभामुखसमेत रहेका नेता पुनका पत्नी ओनसरी घर्तीले जानकारी दिए।