ब्रेकिङ स्टोरी

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

By खबरहब

December 20, 2022

काठमाडौं– नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट ओली सर्वसम्मत चयन भएका हुन् । 

उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा सर्वसम्मत भएका हुन् ।

नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद छन्।