फाइल तस्वीर- एपी

अन्तर्राष्ट्रिय

चीनसँगको विवादित सीमामा सैनिक तैनाथी अभूतपूर्व स्तरमा : भारतीय विदेशमन्त्री जयशंकर

By खबरहब

December 20, 2022

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँगको विवादित सीमामा सेना तैनाथलाई अभूतपूर्व स्तरमा पुर्‍याएको बताएका छन् । सीमामा चिनियाँ पक्षले यथास्थितिलाई ‘एकतर्फी रूपमा परिवर्तन’ गर्न खोजिरहेको भन्दै चीनलाई यस्तो गर्न नदिने उनले बताए ।

अरुणाचल प्रदेश राज्यको सीमामा रहेको विवादित क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको केही दिनपछि उनको टिप्पणी आएको हो । चिनियाँ सेनाको अतिक्रमणका कारण भिडन्त सुरु भएको भारतले दाबी गर्दै आएको छ ।

यसैबीच, चीनको परराष्ट्र मन्त्रालयले आफ्नो जानकारी अनुसार सिमानाको अवस्था ‘सामान्यतया स्थीरँ रहेको र दुई पक्षले यस विषयमा वार्ता जारी राखेको जनाएको छ ।

भारत र चीनबीच ३ हजार ४ सय ४० किलोमिटर लामो सीमा जोडिएको छ, जसलाई वास्तविक नियन्त्रण रेखा भनिन्छ । सीमा क्षेत्रका विभिन्न स्थानहरुमा केही समययता दुई पक्षका सुरक्षाकर्मीबीच झडप हुँदै आएको छ ।