सांकेतिक तस्वीर ।

अपराध

लागूऔषधसहित दुई जना महोत्तरीबाट पक्राउ

By खबरहब

January 21, 2022

महोत्तरी– ठूलो मात्रामा लागूऔषधसहित पक्राउ परेका दुई जना माथि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

महोत्तरी औराही–४ कठुधारबाट दुई हजार ९८२ पिस नाइट्राभेटसहित दुईजना पक्राउ परेका थिए । सरोज विक र आकाश शर्मा ठूलो मात्रामा लागु औषधसहित पक्राउ परेका हुन् ।

काभ्रेको मण्डन देउपुरका विक र सिरहाको गोलबजारका शर्मा बा ४६ प ६२७३ नम्बरको मोटरसाइकलमा सम्सीबाट बर्दिवासतर्फ जाँदै गरेका थिए ।

अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुवैलाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।