अन्तर्राष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या ३४ करोड नाघ्यो

By खबरहब

January 21, 2022

काठमाडौं– विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म ३२ लाख ७२ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड २५ लाख नाघेको हो ।

विश्वकै कोरोना तथ्यांक अपडेट गराउँदै आएको वल्डोमिटरका अनुसार २४ घण्टामा १६ लाख निको भएका छन् । सोही अवधिमा आठ हजार सङ्क्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म संयुक्त राज्य अमेरिकामा मात्रै संक्रमितको संख्या ७ करोड नाघेको छ । अममेरिकामा मात्र २४ घण्टामा चार लाख ९३ हजार नयाँ सङ्क्रमित थपिँदा १ लाख ५ हजार निको भएका छन् । सोही अवधिमा दुई हजार बढीको मृत्यु भएको छ ।

नेपालमासमेत पछिल्लो समय दैनिक संक्रमणले नयाँ रेकर्ड बनाउँदै आएको छ । बिहीबार मात्र २४ घण्टामा १२ हजार बढीमा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ ।