समाचार

आगामी तीन दिनको मौसम कस्तो छ ? हेर्नुहोस् 

By खबरहब

January 21, 2022

काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम सामान्य बदली रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान देशभर आंशिकदेखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपात भइरहेको छ ।

महाशाखाले शुक्रबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै अझै बढ्ने क्रममा रहेको चिसोबाट बच्न र  आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

हर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान