खेलकुद

साबिक विजेता बार्सिलोना बाहिरियो

By खबरहब

January 21, 2022

काठमाडौँ – साबिक विजेता बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।

बिहिवार राति भएको खेलमा एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो ।

बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे ।

पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे ।