समाचार

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

By खबरहब

January 21, 2022

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ ।

इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ : ३० बजे सुक्खा पहिरो खसेको हो ।

पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ ।

पहिराका कारण नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन् ।