खेलकुद

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

By खबरहब

January 21, 2022

काठमाडौँ – डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल कारावाओ कपको फाइनलमा प्रबेश गरेको छ ।

बिहिवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछी लिभरपुलले ६ वर्ष पछि उपाधिका लागि चेल्सिसँगको भेट पक्का गरेको हो ।

भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९०औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछी घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो ।

यस अघि पहिलो लेग गोल रहित बराबरीमा रोकिएको थियो। यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रबेश गरिसकेको छ।